Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपेन्द्र यादवको प्रष्टोक्ति – कांग्रेसका नेताहरूसँग बसेर एक कप चिया पनि खाएको छैन

    उपेन्द्र यादवको प्रष्टोक्ति – कांग्रेसका नेताहरूसँग बसेर एक कप चिया पनि खाएको छैन

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 276
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले केही व्यक्तिहरूले अत्यधिक महत्वाकांक्षी र व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भएको बताएका छन् ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले व्यक्तिगत स्वार्थबाट प्रेरित व्यक्तिहरूले फाइदा उठाएर पार्टी विभाजनको घोषणा गरेको बताएका हुन् ।



    उनले सरकार ढाल्ने विषयमा आफूले कांग्रेसका नेताहरूसँग छलफल नगरेको पनि दाबी गरे।



    अध्यक्ष यादवले भने,‘संयोग नै मान्नुपर्छ यो सरकार बनेपछि मैले कांग्रेसका एक जना नेतालाई भेटेको छैन । सँगै बसेर एक कप चिया पनि खाएको छैन,’ संघीयताको रक्षा र सरकारको स्थायित्वको लागि यही सरकारलाई समर्थन गर्नुपर्छ भन्नेमा पहिले पनि थिएँ। समर्थन यथावत् छ।’

    निर्वाचन आयोगले अवैधानिक तरिकाले नयाँ दल निर्माणको प्रमाणपत्र दिएको भन्दै यसविरूद्ध अदालतमा जाने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार