Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उपेन्द्र नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

    उपेन्द्र नेतृत्वको जसपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 303
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारबाट समर्थन फिर्ता नलिने बताएका छन्।

    आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा स्वास्थ्यमन्त्री समेत रहेका यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् ।



    आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डसँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताए ।



    सरकारबाट समर्थन फिर्ता लिने नलिने कुरा गर्ने बेला नै होइन भन्दै उनले त्यस विषयमा कुराकानी नभएको बताए ।

    पार्टीमा भएको घटनाको विषयमा पार्टीमा छलफल गर्न बाँकी रहेको बताउँदै उनले पार्टीको बैठकबाट छलफल गरी अगाडि बढ्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार