Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • जनसंख्या विकास सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाँदै स्वास्थ्यमन्त्री यादव

    जनसंख्या विकास सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाँदै स्वास्थ्यमन्त्री यादव

    अनलाइन नेपाल
  • मंगलबार, ११ बैशाख २०८१
  • 330
    SHARES

    काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव जनसंख्या सम्बन्धी सम्मेलनमा भाग लिन अमेरिका जाने भएका छन् ।

    जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन १६ वैशाखमा स्वास्थ्यमन्त्री यादव सहितको टोली अमेरिका जान लागेका हुन् ।



    स्वास्थ्यमन्त्री यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सह-सचिव रहनेछन् ।



    दोस्रो पटक स्वास्थ्य मन्त्रालय सम्हालेपछि स्वास्थ्यमन्त्री यादवको यो पहिलो विदेश भ्रमण हो । यसअघि २०७५/७६ मा पनि स्वास्थ्य मन्त्रालय सम्हाल्दा मन्त्री यादव वैदेशिक भ्रमणमा निकै व्यस्त रहेका थिए ।

    त्यो बेला डेढ वर्षको अवधिमा उनले डेढ दर्जन बढी वैदेशिक भ्रमण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार