Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • रडुवामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध, ढुंगा लागेर किशोरको मृत्यु

    रडुवामा पहिरो जाँदा केआईसिंह राजमार्ग अवरुद्ध, ढुंगा लागेर किशोरको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ भाद्र २०८०
  • 969
    SHARES

    कैलाली । पहिरोले केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ रडुवामा अविरल वर्षापछि पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो ।

    शनिबार रातिदेखि लगातार रुपमा आइरहेको वर्षाले गर्दा अवरुद्ध पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा दुईतर्फी बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । वर्षा नरोकिएको हुँदा पहिरो हटाउन सकिएको छैन ।



    प्रहरीका अनुसार राजमार्गको माथिबाट पहिरोले ढुङ्गा र रुखहरू बगाएको छ । वर्षा रोकिएपछि मर्मतको काम सुरु गर्ने प्रहरीले जनाएको छ ।



    तीन पहाडी जिल्ला डोटी, अछाम र बाजुरा जोड्ने राजमार्ग अवरुद्ध भएपछि आवतजावत रोकिएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । यस्तै रडुवामा खसेको पहिरोमा आएको ढुंगा लागेर एक किशोरको ज्यान गएको छ । डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने १७ वर्षीय राकेश ऎरको ज्यान गएको हो ।

    शनिबार डोटीको दिपायलबाट फर्किदा मोटरसाइकलको पछाडी सिटमा सवार उनको टाउकोमा माथिबाट खसेको ढुंगा लागेको थियो। घाइते उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी रेफर गरिएकोमा आज उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

    म१प ८८३० नम्बरकोे मोटरसाइकल चालक डडेल्धुरा अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु भने सकुशल रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार