Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सुनकोसी मरिन डाइभर्सनको वैशाख २६ गते ‘ब्रेक थ्रु’ हुने

    सुनकोसी मरिन डाइभर्सनको वैशाख २६ गते ‘ब्रेक थ्रु’ हुने

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 300
    SHARES

    काठमाडौं । सुनकोसी मरिन डाइभर्सन परियोजनामा सुरुङको २६ वैशाखमा ब्रेक थ्रु हुने भएको छ ।

    मरिण डाइभर्सनको विशेष समारोहकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुरुङ ब्रेक थ्रु गर्नेछन् ।



    सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सुनकोसी मरिण डाइभर्सन आयोजना कार्यालयले जनाएको छ ।



    कुल १३ दशमलव तीन किलोमिटर लामो सुरुङमध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यसभन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो ।

    भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्नेछ।

    सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनापछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो ।

    सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । आयोजना निर्माणको काम २०७९ असोज २८ गते सुरु भएको थियो ।

    नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो । यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार