Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रिय गौरवको सुनकोसी–मरिन आयोजनाको सुरुङ खन्न १२ कम्पनी इच्छुक

    राष्ट्रिय गौरवको सुनकोसी–मरिन आयोजनाको सुरुङ खन्न १२ कम्पनी इच्छुक

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि १२ कम्पनीले आवेदन दिएका छन्। अब उनीहरूबीच प्रतिस्पर्धा हुने सिँचाइ विभागले जनाएको छ ।

    सिँचाइ विभागका अनुसार आयोजनाले आह्वान गरेको बोलपत्रमा चिनियाँ, इरानी र भारतीयलगायतका मुलुकका निर्माण कम्पनीले प्रस्ताव पेश गरेका हुन्।



    करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको ठेक्का लाग्ने चरणमा छ । यो आयोजनाका लागि सुनकोसीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।



    विभागले अहिले ती बोलपत्र प्राविधिक पक्षको मूल्यांकनको काम गरिरहेको विभागका महानिर्देशक मधुकर राजभण्डारीले जानकारी दिए । उनका अनुसार मूल्यांकनबाट प्राविधिक रुपमा योग्य कम्पनीलाई सर्ट लिस्ट गरिनेछ ।

    सर्ट लिस्टमा परेका कम्पनीको आर्थिक प्रस्तावमध्ये सबैभन्दा कम रकम कबोल गर्नेले ठेक्का हात पार्नेछ । करिब १५ अर्ब लागत अनुमनान गरिएको यो सुरुङको निर्माण थाल्न अझै एक वर्ष समय लाग्ने अनुमान विभागको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार