Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सर्लाहीमा मकैबारीभित्र युवकको शव फेला

    सर्लाहीमा मकैबारीभित्र युवकको शव फेला

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 369
    SHARES

    फाइल तस्विर

    सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा मकैबारीभित्र युवकको शव फेला परेको छ।

    स्थानीय रामचन्द्र साहको मकैबारीमा सोही स्थानका सीताराम साहका २० वर्षीय छोरा अरविन्द साहको शव फेला परेको हो ।



    शुक्रबार साँझ घरबाट निस्केका साह शनिबार बिहान मकैबारी भित्र शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।



    साहको शरीरमा कुनै ठूलो चोट देखिएको छैन। कसरी मृत्यु भएको हो त्यसबारे अनुसन्धान भइरहेको छ।

    साहको शवलाई पोस्टमार्टम गर्नका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार