Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बरहथवा घटना : मृतकको शव रातभर घटनास्थलमै, कर्फ्यूबारे निर्णय लिन बैठक जारी

    बरहथवा घटना : मृतकको शव रातभर घटनास्थलमै, कर्फ्यूबारे निर्णय लिन बैठक जारी

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 765
    SHARES

    काठमाडौं । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको शव अझै घटनास्थलमै छ ।

    बरहथवा नगरपालिका–६ का २७ वर्षीय साहको शुक्रबार प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको थियो। उनलाई टाउकोमा गोली लागेको छ। स्थानीयवासी शव घेरा हालेर रातभर घटनास्थलमै बसेको प्रहरीले जनाएको छ ।



    शुक्रबार दिउँसो नगर अस्पताल स्तरोन्नतीका लागि प्रदेश सरकारलाई हस्तान्तरणको माग गर्दै भएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो। गोली लागेर साहको मृत्यु भएको थियो। प्रदर्शनका क्रममा भएको झडपमा ८ प्रहरीसहित १० जना घाइते भएका छन्।



    स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रबार साँझ साढे ५ बजेदेखि शनिबार बिहान ८ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ। कर्फ्यूलाई निरन्तरता दिने कि हटाउने भन्ने विषयमा अहिले छलफल भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार