Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनैपर्छ : रमेश लेखक

    सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनैपर्छ : रमेश लेखक

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 306
    SHARES

    कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नै पर्ने बताएका छन् ।

    आज महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् । प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेको संलग्नतामाथि पनि छानबिन हुनुपर्ने अडानमा पार्टी रहेको बताए।



    प्रमुख सचेतक लेखकले भने,‘सहकारीको रकम अपचलन भएको लगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन् । हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौं।’



    उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै त्यसका लागि कांग्रेस सकरात्मक रहेको बताए।

    सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको लेखकको भनाइ छ। वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको लेखकले बताए।

    अहिलेको सरकार समीकरणमा नेकपा एमाले भित्र पनि असन्तुष्टि रहेको दाबी गरेका लेखकले सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशङ्का रहेको धारणा राखे।

    कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको उनले बताए। सरकार चलाउन नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य आवश्यक हुने उनको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार