Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले जलाए बस

    साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयले जलाए बस

    अनलाइन नेपाल
  • सोमबार, २८ फाल्गुन २०८०
  • 366
    SHARES

    सर्लाही । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएको बसलाई स्थानीयले जलाइदिएका छन् ।

    मलंगवातर्फ जाँदै गरेको ग२ख १४४० नम्बरको बसले कविलासी नगरपालिका-१० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको हो ।



    महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौं रेफर गरिएको प्रहरीले जनाएको छ ।



    दुर्घटनापछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन् ।

    आगजनीबाट बसमा पूर्णरुपले क्षति पुगेको छ ।बसका चालक प्रहरीको नियन्त्रणमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार