Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सर्लाही बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति

    सर्लाही बरहथवा घटनामा पीडित परिवार र प्रशासनबीच ११ बुँदे सहमति

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 1.5K
    SHARES

    सर्लाही । सर्लाहीको बरहथवामा तीन दिनदेखि जारी आन्दोलनमा पीडित परिवार, आन्दोलनकारी र प्रशासनबीच सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने विषयमा भएको आन्दोलन फिर्ता लिन आइतबार ११ बुँदे सहमति भएको हो ।

    बरहथवास्थित प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरी ५० शैय्याको बनाउने, त्यस अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतक परिवारलाई रोजगारी दिने लगायतका विषयमा सहमति जुटेको हो ।



    स्थानीय स्तरमा पूरा गर्न नसकिने मागलाई केन्द्रमा सिफारिस गर्ने गरी सहमति भएको छ । प्रहरीको गोली लागेर शुक्रबार दिउँसो मृत्यु भएका बरहथवा नगरपालिका-६ का जयशंकरको शव घटनास्थलबाट उठाउने समेत तयारी भएको छ ।



    अस्पतालको स्तरोन्नती गर्ने विषयमा भएको आन्दोलनको क्रममा प्रहरीको गोली लागेर बरहथवा नगरपालिका–६ मा व्यवसाय गर्दै आएका जयशंकरको घटनास्थलमै मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार