Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • बरहथवामा भोलिसम्म निषेधाज्ञा, घटनाबारे छानबिन समिति बनाइने

    बरहथवामा भोलिसम्म निषेधाज्ञा, घटनाबारे छानबिन समिति बनाइने

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 423
    SHARES

    सर्लाही । सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु हटेको छ । जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाएर आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको हो ।

    यो बेलामा भेला हुन, सभा तथा गतिविधि गर्न रोकिएको छ ।



    नगरपालिकाको पूर्वमा सीतापुर जाने बाटोको बह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती चोर्निया पुलभित्र निषेधाज्ञा लागू हुनेछ ।



    हिजो प्रहरीको गोली लागेर ज्यान गुमाएका जयशङ्कर साहको शव अहिलेसम्म घटनास्थलमै छ ।

    हिजो बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि बरहथवा बजार क्षेत्रमा कर्फ्यु लगाइएको थियो ।

    घटनाको छानबिनका लागि समिति बनाउने तयारी भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार