Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोरङबाट गाँजासहित चार जना पक्राउ

    मोरङबाट गाँजासहित चार जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 210
    SHARES

    विराटनगर । लागूऔषध गाँजासहित प्रहरीले मोरङबाट चार जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–७ डाँडा गाउँका ६३ वर्षीय देव चौधरी, ३८ वर्षीय दुर्गाप्रसाद फुयाँल, मोरङको केराबारी गाउँपालिका–४ का ३१ वर्षीय सुविन राई र केराबारी–४ का १९ वर्षीय अनिसम बस्नेत रहेका छन्।



    उनीहरुले घरबाट गाँजा बिक्री गर्ने, खरिद गर्ने र गाँजा ‘सप्लाई’ गर्ने गरेका थिए । पक्राउ परेकाहरुबाट साढे २ किलो गाँजा पनि बरामद भएको मोरङ प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले चारै जनालाई पक्राउ गरेको हो।



    चौधरीले फुयाँललाई गाँजा बेच्दै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसपछि घर खानतलासी गर्दा ५ सय ग्राम गाँजा बरामद भएको जानकारी बस्नेतले दिए।

    उनका अनुसार चौधरीले घरमै राखेर गाँजा बिक्री गर्ने गरेको खुलेको छ। प्रहरीले सोधपुछ गर्दा प्रदेश १–०२–०५३ प ९०३१ नम्बरको मोटरसाइकलमार्फत चौधरीको घरमा गाँजा ‘सप्लाई’ गरेको खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार