Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राजीनामा दिएको १५ दिनमै फेरि मन्त्री बने भण्डारीलाल

    राजीनामा दिएको १५ दिनमै फेरि मन्त्री बने भण्डारीलाल

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 381
    SHARES

    बुटवल। जनता समाजवादी पार्टी (जसपा)का लुम्बिनी प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् ।

    मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि अहिरले आज मन्त्रालयमा गएर काम थालेका हुन् ।



    २५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी दिएका थिए ।



    सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भएको थियो ।

    तर एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि ९ वैशाखमा राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार