Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • राष्ट्रियसभाको उम्मेदवार चयन गर्न जसपाको बैठक सुरु

    राष्ट्रियसभाको उम्मेदवार चयन गर्न जसपाको बैठक सुरु

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 381
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा)को कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

    राष्ट्रियसभाको उम्मेदवार टुगों लगाउन समितिको बैठक सुरु भएको हो ।



    सत्ता गठबन्धनमा राष्ट्रियसभाका लागि सिटको टुंगो लागेपछि सो पार्टीको उम्मेदवार चयन गर्न बालकुमारीस्थित पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बसिरहेको छ।



    मधेश प्रदेशबाट सो पार्टीले एकजना महिला उम्मेदवार पाउने भएको छ । सत्ता गठबन्धनको बैठकमा भएको सीट बाँडफाँटबाट जसपाले एक सीट मात्र पाउने भएको हो ।

    खाली भएको महिला सिट उसले पाउने भएको हो । सत्ता गठबन्धनको बैठकले गरेको बाँडफाँटको विषयमा पनि कार्यकारिणी समितिको बैठकमा छलफल हुनेछ ।

    जसपाले दुई सीट दावी गर्दै आइरहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार