Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • छात्रालाई जबर्जस्ती करणीको प्रयास गर्ने शिक्षक पक्राउ

    छात्रालाई जबर्जस्ती करणीको प्रयास गर्ने शिक्षक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 522
    SHARES

    संकेतिक तस्विर

    सर्लाही । सर्लाही प्रहरीले छात्रालाई जबर्जस्ती करणीको प्रयासमा एक शिक्षकलाई पक्राउ गरेको छ।

    आफ्नै विद्यालयमा अध्यनरत १४ वर्षीया छात्रालाई उनकै घरमा पुगेर करणीको प्रयास गर्ने हरिवन नगरपालिका-११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन्।



    कार्कीले हरिवन नगरपालिका-१०, सुखेपोखरीस्थित मोडल युरिका एकेडेमीमा अध्यापन गराउँदै आएका छन्।



    शिक्षक कार्कीले गएको बुधबार मदिरा सेवन गरी बालिकालाई भान्साको काम गरिरहेका बेला घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए । किशोरीले प्रतिकार गर्दा उनी भागेका थिए ।

    किशोरीका परिवारले घटनाबारे कार्यालयमा जाहेरी दिए लगत्तै कार्कीलाई पक्राउ गरी हिरासतमा लिइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार