Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरीको गोली लागेर मारिएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    प्रहरीको गोली लागेर मारिएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १४ फाल्गुन २०८०
  • 576
    SHARES

    काठमाडौं । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साहका परिवारलाई १० लाख राहत उपलब्ध गराउने निर्णय गरेको हो ।



    गत पुस २० गते प्राथमिक स्वास्थ्य केन्द्रको विषयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो ।



    घटनाको छानबिनका लागि गृह मन्त्रालयले समिति नै गठन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार