Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहमति आवश्यक छ : रमेश लेखक

    राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहमति आवश्यक छ : रमेश लेखक

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 243
    SHARES

    कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक स्थिरताका लागि एमाले र कांग्रेसबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

    नेपाल प्रेस युनियनले महेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् ।



    उनले अहिलेको सत्ता समीकरणमा भएका दलहरूभित्रै असन्तुष्टि देखिएकाले पनि गम्भीर रुपमा छलफल हुनु आवश्यक भएको बताए।



    सचेतक लेखकले भने,‘नयाँ समिकरणबारे एमालेसँग ठोस रुपमा कुरा त भएको छैन । सत्ताका लागि मात्रै नभएपनि राजनीतिक स्थितरता र मुलुकका महत्त्वपूर्ण एजेन्डा सम्बोधनका लागि भने एमाले र कांग्रेसबीच संवाद र सहमति आवश्यक छ ।’

    उनले राजनीतिक अस्थिरताकै कारण अहिलेको संविधानप्रति नै असन्तुष्टि बढेको बताए ।

    सचेतक लेखकले अहिलेको समीकरणबारे एमाले भित्रै पनि व्यापक असन्तुष्टि देखिएको बताए ।

    त्यसकारण समिकरण विरोधाभास र आशंकाले घेरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार