Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – वर्तमान संविधान अझै पूर्ण भएको छैन

    प्रधानमन्त्री प्रचण्डले भने – वर्तमान संविधान अझै पूर्ण भएको छैन

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 240
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधान अझै पूर्ण नरहेको बताएका छन् ।

    बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रूपमा सङ्घर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताए ।



    उनले इमानदार भएर सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गरे ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न हामीले मुख्य रूपमा सङ्घर्ष गर्दै आएका थियौँ । इमानदार र सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन्।’

    प्रधानमन्त्री प्रचण्डले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह पनि गरे ।

    उनले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार