Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा २०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 333
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारको तुलनामा तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।



    यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ ।



    हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ७५० रुपैयाँ थियो ।

    यस्तै आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको जनाएको छ ।

    यससँगै आज चाँदीको मूल्य प्रतितोला १६६० रुपैयाँ कायम छ । हिजो १६ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार