Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गोकर्णेश्वरका अधिकृतद्वारा अनियमितता: सरकारी स्कुटर आफन्तलाई, पार्टी प्यालेसमा लगानी

    गोकर्णेश्वरका अधिकृतद्वारा अनियमितता: सरकारी स्कुटर आफन्तलाई, पार्टी प्यालेसमा लगानी

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 771
    SHARES

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा प्रशासन शाखाका अधिकृत भूपेन्द्र बोहराका कारण नगरपालिकामा बेथिति बढेको छ । उनले सरकारी सम्पत्तिको दुरुपयोगदेखि ठेक्कामा हालीमुहाली जमाउँदै आएका छन् ।

    कतिसम्म भने नगरपालिकाको स्कुटरमा निजी नम्बरप्लेट राखेर आफन्तलाई प्रयोग गर्न दिएका छन् । नगरपालिकाको स्कुटरमा बागमती प्रदेश ०२–०४२प–५२२८ नम्बर राखेर उनका आफन्तले प्रयोग गर्दै आएका छन् । बोहराले चलखेलका आधारमा करारमा कर्मचारी भर्ना गर्दै आएको स्रोत बताउँछ ।



    नगरपालिकालाई आवश्यकता नै नभएको अवस्थामा कार्यालय सहयोगीहरू उनले नियुक्त गरेका छन् । उनकै मिलेमतोमा स्टोरका सामानहरू समेत केही कर्मचारीको घर–घर पुग्ने गरेको छ । उनको सम्पत्ति पनि अस्वभाविक रहेको स्रोत बताउँछ ।



    बोहराले चाबहिलमा रहेको पिस बैंक्वेटमा लगानी गरेका छन् । जबकि राष्ट्रसेवक कर्मचारीले व्यापार गर्न पाइँदैन । यसरी व्यापार गर्नुलाई कानूनले भ्रष्टाचार भनेको छ । बोहराले अकुत सम्पत्ति गोप्य रूपमा लगानी गरेको निकटस्थहरू बताउँछन् ।

    नगरपालिकाका साना ठेक्कामा बोहराकै सेटिङ चल्ने गरेको स्रोत बताउँछ । करारमा जथाभाबी कर्मचारी नियुक्ति गर्दा कर्मचारीले तलब नपाउने अवस्था सिर्जना भइसकेको छ । कानुनी सल्लाहकार मात्र पाँच जना नियुक्त गरिएको छ ।

    नगरपालिकाको चालु खातामा सात लाख रुपैयाँ मात्र रहेको छ । यसअघिका प्रशासकीय अधिकृतद्वय वैकुण्ठ सापकोटा र टेकराज पन्थीको कारण पनि यस्तो अवस्था आएको हो ।

    विगतको भ्रष्टाचार र कर्मचारीको कार्यशैली देखेर हालै आएका प्रशासकीय यम नारायण गौली समेत आजित भइसकेका छन् । नगरपालिकाभित्र बेथिति बढेपछि मेयर दीपक प्रसाद रिसालप्रति स्थानीयको आक्रोश बढ्दै गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार