Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गोकर्णेश्वरस्थित तारेभिरमा पुरूष मृत फेला

    गोकर्णेश्वरस्थित तारेभिरमा पुरूष मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, २७ जेष्ठ २०८०
  • 747
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ तारेभिरमा एक पुरूष मृत फेला परेका छन्।

    तारेभिरको जंगल छेउमा खोल्सामा खसेको अवस्थामा पुरूषको शव भेटिएको हो ।



    शनिबार बिहान स्थानीयले खोल्सामा लडिरहेको अवस्थामा पुरूषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा केही प्रहरी पुगेका छन्।



    शव भेटिएको भन्ने सूचना आएपछि बौद्धबाट इन्सपेक्टरको नेतृत्वमा फरेन्सिक टोली घटनास्थल जाँदैछन्।

    इन्सपेक्टरको टोली पुगेपछि घटनाबारे विवरण आउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार