Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 1.2K
    SHARES

    फाइल तस्विर

    पाल्पा । पाल्पामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    जिल्लो तिनाउ गाउँपालिका–२, दोभान सिसखोलामा शनिबार अपरान्ह ४६ वर्षीय देव बहादुर बलालको घटनास्थलमै मृत्यु भएको हो ।



    सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ४६ वर्षीय बलालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।



    प्रहरी, स्थानीय र वडाध्यक्ष लगायतको रोहबरमा दुर्घटनाको मुचुल्का गरिएको बताइएको छ ।

    दोभान प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयले घटनाका सम्बन्धमा थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार