Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 906
    SHARES

    फाइल तस्विर

    झापा । झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेका छन् ।



    शनिबार राती करिब ८ बजे अर्जुनधारा(९ चिया बगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।



    दुर्घटनामा घाइते भएका चालक बराललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।

    उनको उपचारका क्रममा आइतबार दिउँसो करिब ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार