Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 591
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मीदरबार गाउँपालिका ३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको हो ।



    गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।



    दुर्घटनामा गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको पाल्पामा उपचार भइरहेको छ ।

    बिहीबार राति गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु३५प ५४८४ नंम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार