Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

    झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 399
    SHARES

    फाइल तस्विर

    झापा । झापाको झिलझिलेमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको हो ।



    विपरीत दिशाबाट आएको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरो जीप अनियन्त्रित भई मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए ।



    तीनै जनालाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा उनीहरूको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । मृतक तीनै जनाको पहिचान अुल्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार