Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १३ बैशाख २०८१
  • 657
    SHARES

    फाइल तस्विर

    दाङ । दाङको शान्तिनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

    इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बिहीबार मोटरसाइकलले ठक्कर दिँदा सल्यान घर भई शान्तिनगर-७ खैरेनी बस्दै आएका ७२ वर्षीय शमशेर थापाको मृत्यु भएको हो ।



    शान्तिनगर-७ खैरेनीस्थित प्रतिक्षालयमा पश्चिमबाट तुलसीपुर जाँदै गरेको रा ५ प ९३२२ मोटरसाइकलले थापालाई ठक्कर दिएको थियो। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    यस्तै सोही दुर्घटनामा बबई(३ हंसपुरका ३० वर्षीय मोटरसाइकल चालक कमल विक र त्यसमा सवार २५ वर्षीय प्रकाश रसाइली घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार