Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

    जसपाको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 303
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित गरिएको छ ।

    पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका परिमार्जनसहित पारित गरिएको हो ।



    विभिन्न तहगत समिति, निकाय, भ्रातृसंगठन, पेसागत संघसंगठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए ।



    यस्तै, प्रत्येक निर्वाचन क्षेत्रबाट २०० सदस्य बराबर एक प्रतिनिधि हुने गरी निर्देशिका पारित गरिएको बताइएको छ । जसपाको पहिलो महाधिवेशनले ७० प्रतिशत केन्द्रीय पदाधिकारी खुला र ३० प्रतिशत समावेशी प्रतिस्पर्धाबाट चयन गरिनेछ ।

    जसपाको राष्ट्रिय महाधिवेशन आउँदो जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदै छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार