Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

    अनलाइन नेपाल
  • शुक्रबार, २८ बैशाख २०८१
  • 312
    SHARES

    काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । संघीय संसद भवन बानेश्वरमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

    बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र जानकारी गराउने सम्भावित कार्यसूची छ ।



    बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ पेश गर्नेछन् ।



    गत वैशाख १६ र १७ गते भएको लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार