Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अरुण चौधरी छोड्ने न्यायाधीश भ्रष्टाचारी र अपराधी हो, सरुवा होइन कारबाही गर्नुपर्छ : सासंद विष्ट

    अरुण चौधरी छोड्ने न्यायाधीश भ्रष्टाचारी र अपराधी हो, सरुवा होइन कारबाही गर्नुपर्छ : सासंद विष्ट

    अनलाइन नेपाल
  • सोमबार, २९ माघ २०८०
  • 768
    SHARES

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन् ।

    सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका उनले न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाएका हुन् । उनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै आक्रोश पोखे ।



    ‘आज भ्रष्टाचारीलाई कारबाही गर्दै गर्दा न्यायालयले २ दिनमै छोड्ने प्रवृत्ति जुन छ। व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाको आफ्नै क्षेत्राधिकार छन् तर कार्यपालिकाले गरेका कामहरूलाई पनि हस्तक्षेप गर्ने जुन न्यायपालिकामा अवस्था छ। मैले आज न्युज सुनेँ । अरुण चौधरीलाई दुई दिनभित्रै छोड्ने न्यायाधीश मुगु सरुवा भयो रे । कारबाहीस्वरूप । मुगु भनेको नेपालमै हो । मुगुमै किन सरुवा गर्नुपर्‍यो । त्यो अनैतिक हो, भ्रष्टाचारी हो, त्यो अपराधीलाई दण्ड दिने ठाउँमा उसलाई न्यायपरिषद्ले कारबाही गर्नुपर्दथ्यो । सरुवा गरेर त त्यहाँ पनि त त्यस्तै गर्ला उसले। त्यसैले यो बिडम्वनाको कुरा हो,’ उनले भने ।



    अपराधीलाई दण्ड दिनुपर्ने भन्दै सरुवाको सट्टा न्यायाधीशलाई कारबाही गर्नुपर्ने उनको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार