Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 339
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बिहान ११ बजेर ३१ मिनेटमा बस्न लागेको हो ।

    बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा ९पार्वती०ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछिन् ।



    सांसद रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् ।



    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार