Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जसपा नेपालले कानुनी उपचार खोज्ने

    जसपा नेपालले कानुनी उपचार खोज्ने

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 534
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा कानुनी उपचार खोज्ने भएको छ । बालकुमारीस्थित जसपाको पार्टी कार्यालयमा शीर्ष नेताहरुको अनौपचारिक बैठकले कानुनी उपचार खोज्ने निर्णय गरेको हो ।

    “भोलि बुधबार पार्टीको बैठक बस्छ । बैठकमा पछिल्लो विकसित घटनाक्रमको समीक्षा गर्दै त्यसको कानुनी उपचारलगायतबारे निर्णय लिइनेछ”, प्रवक्ता सुमनले भने ।



    उनका अनुसार बुधबार बिहान पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्नेछ । बैठकपछि पत्रकार सम्मेलन गरेर पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिने उनले जानकारी दिए ।



    अशोक राईको नेतृत्वमा सात जना सांसद अलग भई गठन भएको जनता समाजवादी पार्टी सोमबार निर्वाचन आयोगमा दर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार