Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नयाँ दल दर्ताको निवेदन अवैधानिक रहेको उपेन्द्र पक्षको दाबी

    नयाँ दल दर्ताको निवेदन अवैधानिक रहेको उपेन्द्र पक्षको दाबी

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 396
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको जनाएको छ ।

    आज जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।



    आइतबार अशोक राईको समूह जसपा विभाजन र नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगेको थियो ।



    विज्ञप्तिमा भनिएको छ, ‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ । यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’

    संसदको अधिवेशन आव्हान भइसकेको अवस्था र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको अवस्थामा निर्वाचन आयोगमा अवैधानिक निवेदन पेश गरेको भन्दै विज्ञप्तिमा कुनै पनि भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरिएको छ ।

    आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार