Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • इलाम–२ मा आइतबार बिहानदेखि मतगणना गर्ने निर्णय

    इलाम–२ मा आइतबार बिहानदेखि मतगणना गर्ने निर्णय

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 564
    SHARES

    फाइल तस्विर

    इलाम । इलाम निर्वाचन क्षेत्र २ को मतगणना आइतबार बिहानदेखि हुने भएको छ ।

    निर्वाचन क्षेत्रका दुर्गम मानिएका चुलाचुली, माङसेबुङलगायतका क्षेत्रको मतपेटिका राति अबेर मात्र आइपुग्ने भएपछि मतगणना भोलि बिहान सुरु गर्ने तयारी गरिएको हो ।



    मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार केही मतदान केन्द्रको मतपेटीका आज बिहान १ बजेपछि मात्र आइपुग्ने सम्भाबना छ ।



    मतपेटीका आएर मतपेटिका रुजु गर्न समय लाग्ने भएपछि गणनाको काम बिहान मात्र सुरु गर्ने अधिकृत घिमिरेले जानकारी दिए ।

    इलाम २ मा एक लाख १५ हजार आठ सय ८९ जना मतदाता रहेकोमा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।
    संविधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वाङको निधन भएपछि इलाम २ मा उपनिर्वाचन भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार