Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • डीआईजीद्वय जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

    डीआईजीद्वय जोशी र ढकाललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 594
    SHARES

    काठमाडौं । सरकारले प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजीद्वयलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।



    यसअघि बढुवा समितिले ३ वैशाखमा जोशी र ढकाललाई एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।



    ढकाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् । उनी प्रहरी प्रवक्ताको जिम्मेवारीमा पनि छन् ।

    यस्तै जोशी भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा निमित्त कार्यकारी निर्देशकको भूमिकामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार