Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कांग्रेस र एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था छैन : एनपी साउद

    कांग्रेस र एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था छैन : एनपी साउद

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 261
    SHARES

    वीरगञ्ज । नेपाली कांग्रेसका नेता एनपी साउदले कांग्रेस र नेकपा एमाले मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन् ।

    नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यक्रमाका बोल्दै नेता साउदले यस्तो बताएका हुन् ।



    नेता साउदले प्रमुख राजनीतिक दलहरूले सत्ताकै लागि सरकार गठन गर्न नहुने बताए।



    नेता साउदले भने, ‘प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन । सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ ।’

    विचार, सिद्धान्त र दृष्टिकोणलाई एकातिर राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने उनले बताए ।

    कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढङ्गले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता साउदको भनाइ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार