Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री साउद र न्यूजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सबीच भेटवार्ता

    परराष्ट्रमन्त्री साउद र न्यूजिल्यान्डका उपप्रधानमन्त्री पिटर्सबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 540
    SHARES

    काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र न्यूजिल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री विन्सटोन पिटर्सबीच भेटवार्ता भएको छ ।

    न्यूजिल्यान्डको भ्रमणमा रहेका परराष्ट्रमन्त्री साउद र उपप्रधानमन्त्री पिटर्सबीच विलिङ्टनमा आज भेटवार्ता भएको हो ।



    द्विपक्षीय बैंठकमा द्विपक्षीय सम्बन्ध सन्तोषपूर्ण रहेको निष्कर्ष निकाल्दै द्विपक्षीय सम्बन्धको समान चासोका विषयमा सहकार्य गर्ने कुरामा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, उक्त अवसरमा दोस्रो नेपाल–न्यूजिल्यान्ड परराष्ट्र मन्त्रालय परामर्श संयन्त्रको बैंठक पनि भएको छ ।

    उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विविध पक्ष गर्ने र आर्थिक तथा सांस्कृतिक संलग्नताबाट दुई मुलुकबीचको सहकार्यलाई बढाउँदै लाने विषयमा पनि छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार