Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता ल्याउनु राज्यको दायित्व हो : मन्त्री साउद

    रुसी सेनामा भर्ना भएका नेपाली नागरिकलाई फिर्ता ल्याउनु राज्यको दायित्व हो : मन्त्री साउद

    अनलाइन नेपाल
  • मंगलबार, १५ फाल्गुन २०८०
  • 489
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले गैरकानुनी रुपमा रुसी सेनामा भर्ती भएर काम गरिरहेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउनको लागि नेपाल सरकारले रुस सरकारसँग कुरा गरिरहेको बताएका छन् ।

    रुसी सेनामा भर्ना भएका नेपालीहरुका आफन्तसँग मंगलबार मन्त्रालयमा भएको छलफलका क्रममा परराष्ट्रमन्त्री साउदले यस्तो बताएका हुन् ।



    उनले भने,‘रुसी सेनामा कार्यरत नेपाली नागरिकलाई स्वदेश फर्किन दिने विषयमा समेत रुसी सरकारसँग कुरा भएको भइरहेको छ । सरकार रुससँग नेपाली नागरिकको शव फिर्तासम्बन्धमा पनि निरन्तर अनुरोध गरिरहेका पनि छौं ।’



    परराष्ट्रमन्त्री साउदले गैरकानुनी रुपमा गएका भए पनि रुसी सेनामा भर्ना भएका नेपाली नागरिककाप्रति राज्यको दायित्व रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार