Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

    नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 468
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच भेटवार्ता भएको छ ।

    रायसिना संवादका लागि नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री साउदले समकक्षी जयशंकरलाई भेटेका हुन् ।



    उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ । परराष्ट्रमन्त्री साउदलाई स्वागत गर्दै समकक्षी जयशंकरले रायसिना सम्बादमा नेपालको सहभागितालाई लिएर खुसी व्यक्त गरे ।



    जयशंकरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रासिना संवादमा भारतका छिमेकीहरूको उपस्थिति स्वभाविक हो। हामीबीचको छलफलले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउँछ ।’

    परराष्ट्रमन्त्री साउद सो कार्यक्रममा सहभागी हुन बुधबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार