Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

    सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

    अनलाइन नेपाल
  • शनिबार, २७ माघ २०८०
  • 423
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउँदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेको बताएका छन् ।

    अष्ट्रेलियाको पर्थमा सातौँ इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन) मा सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउँदले सो कुरा बताएका हुन् ।



    उनले यो हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताए । उनले सागर र हिमाली समस्या समाधान एकीकृत र समग्रमा गर्नुपर्ने उल्लेख गरे ।



    अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउँदले हिन्द महासागरलाई भूगोलका रूपमा सीमित नभई संसारको सभ्यताको केन्द्ररुपमा रहेको बताए ।

    हिन्द महासागर नेपालको वैदेशिक व्यापारका लागि एक हिस्सेदार र अन्तर्राष्ट्रिय बजारमा पुग्ने लाइफलाइनका रूपमा रहेको उनको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार