Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

    कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 492
    SHARES

    विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् ।

    एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्रीका नियुक्त भएका हुन् ।



    प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।



    लगत्तै उनलाई समर्थन गर्ने सांसदको हस्ताक्षर सनाखत गरिएको थियो ।

    सनाखतपछि प्रदेश प्रमुख पर्शुराम खापुङले कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन्।

    सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार