Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले राजीनामा दिने

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 408
    SHARES

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की राजीनामा दिने भएका छन् ।

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिने घोषणा गरेका हुन ।



    उनले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ । उनले आजै विश्वासको मत लिने समय तोकिएको थियो ।



    संविधानकाे धारा १६८ काे उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्रीले विश्वासकाे मत नपाए उपधारा ५ अनुसार नेतृत्वमा दाबी गर्न नपाउने कानुन व्यावसायीले सुझाव दिएपछि विश्वासको मत परीक्षण नगरि उनले राजीनामा दिने भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार