Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन सकस

    कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै, बहुमत जुटाउन सकस

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 447
    SHARES

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै छन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री भएका कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।

    पदीय जिम्मेवारी लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची छ । तर, कार्कीले विश्वासको मत पाउने आधार अहिलेसम्म देखिएको छैन ।



    उनले विश्वासको मत लिन नेपाली कांग्रेस २९, माओवादी १३, नेकपा (एकीकृत समाजवादी) ४ मध्ये कुनै एक दललाई आफूतिर तान्नुपर्छ । जसपाको १ मत पाएर पनि उनले विश्वासको मत लिन सक्दैनन् । गठबन्धनमा रहेका कुनै पनि दलले अहिले सरकारलाई विश्वासको मत दिने संकेत गरेका छैनन् ।



    मुख्यमन्त्री कार्कीले राजीनामा दिने सम्भावनासमेत रहेको छ । विश्वासको मत लिने कि राजीनामा गर्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार