Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • कोशी प्रदेश प्रमुख खापुङ्गले सनाखतका लागि बोलाए सांसदहरूलाई

    कोशी प्रदेश प्रमुख खापुङ्गले सनाखतका लागि बोलाए सांसदहरूलाई

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 300
    SHARES

    विराटनगर । कोशी प्रदेशका प्रमुख परशुराम खापुङ्गले हिक्मत कार्कीलाई मुख्यमन्त्रीको दाबी पेश गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् ।

    प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेश गरेका नेकपा एमाले संसदीय दलका नेता कार्कीका समर्थकलाई सनाखतका लागि उपस्थित हुन बोलाएका हुन् ।



    एमालेका कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गर्दा सांसदहरूको हस्ताक्षर बुझाएका थिए। ती सांसदहरूलाई खनाखतका लागि प्रदेश प्रमुखले बोलाएका हुन्।



    प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ,‘प्रदेश प्रमुखले मुख्यमन्त्री दाबीकर्ताका समर्थनमा हस्ताक्षर गर्नुभएका सम्पूर्ण प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख कार्यालयको सभाहलमा परिचय खुल्ने परिचय पत्रसाथ उपस्थित भई सनाखत गर्ने प्रयोजनका लागि उपस्थित गराउने निर्णय गर्नुभएको छ।’

    कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्दै एमाले, माओवादी केन्द्र र जसपाका सांसदले हस्ताक्षर गरेका छन्। कोशीमा बहुमत पुग्न ४७ सांसदको साथ चाहिन्छ। कार्कीले जसपाकी एक सांसदसहित ५३ सांसदको समर्थन जुटाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार