Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कोशीमा सर्वदलीय सरकार बनाउन हिक्मत कार्कीको आह्वान

    कोशीमा सर्वदलीय सरकार बनाउन हिक्मत कार्कीको आह्वान

    अनलाइन नेपाल
  • बिहिबार, २१ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशीमा सर्वदलीय सरकार गठनको आह्वान गरेका छन् ।

    सर्वोच्चको परमादेशपछि नेता कार्कीले सबै राजनीतिक दलहरू मिलेर कोशी प्रदेशमा सर्वदलीय सरकार गठनका लागि आह्वान गरेका हुन् ।



    सर्वोच्च अदालतले कोशी प्रदेशसभामा सबैभन्दा ठूलो दलको नेताका हैसियतले कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।



    राजनीतिक दलहरूबीचमा देखिएका अविश्वासका कुरा संवादबाट हल गर्नुपर्ने र प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट रोक्नका लागि सबै दलहरू मिल्नुपर्ने बताए ।

    उनले सर्वोच्चको फैसलालाई संविधान र कानुन मिच्ने राजनीतिक दलहरूका लागि सबक भएको बताए । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ ।

    साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता कार्कीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार