Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • केन्द्रको चिर्कटो सम्झौताको भरमा कार्कीलाई समर्थन गरिएको होइन : हिक्मत

    केन्द्रको चिर्कटो सम्झौताको भरमा कार्कीलाई समर्थन गरिएको होइन : हिक्मत

    गठबन्धनको ठाडो हस्तक्षेपकाविरुद्ध केदार कार्कीलाई एमालेको साथ

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 663
    SHARES

    विराटनगर । नेकपा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले पटक–पटक विश्वासको मत माग्नु पर्ने परिस्थितिको अन्त्यका लागि केदार कार्कीलाई समर्थन गरेको बताएका छन् । प्रदेशमा ५ पटक मुख्यमन्त्रीका लागि विश्वासको मत माग्नु परेकाले अब मत माग्नु नपरोस् भनेर एमाले लागेको बताए ।

    उनले अहिले संविधान बनाउनेहरूले नै संविधानमाथि आक्रमण भएकाले संविधानको रक्षाको लागि पनि कार्कीलाई एमालेले साथ दिएको बताए । मूलुकमा सामाजिक सम्बन्ध खलल पुर्‍याउन खोजिएको भन्दै उनले त्यसका विरुद्ध दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।



    उनले संविधानको व्याख्या गर्नेहरू संविधान मिचेर आफैँ कुण्ठा र आक्रोश पोख्न थालेको बताए । उनले कोशी प्रदेशको सरकार गठनको प्रक्रिया धारा १६८ (५) पुग्न नदिन जेठदेखि असोजसम्म केन्द्रका नेताहरूको ढोका ढक्ढकाएको बताए ।



    उनले भने–‘१६८ (५) मा पुग्दा यताको सांसद उता सर्छ भनेर भन्दा २ जोर जुत्ता फाटे तर कसैले पत्याएन । अहिले मैले भनेकै कुरा सबैको घण्टी बजेको छ ।’

    मध्यावधि निर्वाचनबाट एमाले नभागेको भन्दै अनुभवको आधारमा मध्यावधि टारेको उनको भनाइ छ । कांग्रेसको संस्थापन र माओवादीले एमालेलाई विश्वास नगरेकाले केदार कार्कीलाई साथ दिएको उनले बताए । संघीयताको उल्लंघन गर्दै सत्ता गठबन्धनले ठाडो हस्तक्षेप गरेकाले यसको विरोधमा कार्कीलाई साथ दिएको बताए ।

    कार्कीले आफूहरुले केन्द्रको तोक आदेश र चिर्कटो सम्झौताको भरमा नभई कोशी प्रदेशको दलको निर्णयले केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेको समेत बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार