Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कार्कीले भने – कोशीमा मध्यावधि निश्चित छ, चुनावमा जानुपरे एमाले डराउँदैन

    मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कार्कीले भने – कोशीमा मध्यावधि निश्चित छ, चुनावमा जानुपरे एमाले डराउँदैन

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 630
    SHARES

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा गरेका हिक्मत कार्कीले कोशीमा मध्यावधि निश्चित रहेको बताएका छन् ।

    प्रदेशसभा बैठकमा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै कार्कीले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरूको अङ्कगणित र अहिलेको अवस्था हेर्दा मध्यावधि निश्चित रहेको बताए।



    कार्कीले मध्यावधि हुने अवस्थामा चुनाव भाग लिन एमाले नडराउने बताए । तर राष्ट्रिय आवश्यकता, प्रदेशको आवश्यकता, आर्थिक अवस्था र जनचाहना अनुसार फेरि निर्वाचनको चाहाना भने नभएको बताए ।



    उनले आफूले विश्वासको मत नपाउने अवस्थामा राजीनामा गरेर पदमुक्त सुझाव आएको पनि सभालाई जानकारी गराए ।

    संविधान र सर्वोच्च अदालतले विभिन्न मितिमा गरेको फैसलाले र संविधानको धारा १६८ को उपधारा ३ अनुसार सरकारले विश्वासको मत प्राप्त गर्न नसक्ने अवस्था हुँदा राजीनामा गरेर पदमुक्त हुनुपर्छ भनेर सुझाव बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार