Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

    कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 438
    SHARES

    विराटनगर । नयाँ सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले दाबी प्रस्तुत गरेका छन्।

    मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिए लगत्तै नयाँ सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रले दाबी प्रस्तुत गरेका हुन् ।



    संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतामा भदौ २२ गते मुख्यमन्त्री बनेका एमाले प्रदेश संसदीय दलका नेता कार्कीले विश्वासको मत नपाउने भएपछि आजै राजीनामा दिएका छन्।



    कार्कीले प्रदेशसभाबाट आजै विश्वासको मत लिने कार्यसूची थियो। तर, मत परीक्षण नगरिकन उनले पदबाट राजीनामा दिएका हुन्। कार्कीको राजीनामासँगै प्रदेशमा उपधारा ५ बमोजिम नयाँ सरकार गठनको बाटो खुलेको छ।

    मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएसँगै सरकारको नेतृत्वका लागि गठबन्धन दल कांग्रेस र माओवादीले दाबी प्रस्तुत गरेका हुन्।

    कोशीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका उपसभामुखबाहेक ३९, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्य छन्।

    प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ। एमाले र राप्रपाबाहेक अहिले गठबन्धनसँग ४७ मत पुग्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार