Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • एमाले नेता कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ

    एमाले नेता कार्कीले लिए कोशीको मुख्यमन्त्रीमा शपथ

    तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.3K
    SHARES

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मत कार्कीले शपथ लिएका छन् ।

    शुक्रबार एक समारोहबीच प्रदेश प्रमुख पर्शुराम खापुङ्ले एमाले नेता कार्कीलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् । पहिलो दिन नै तीनजना मन्त्री र एक राज्यमन्त्री नियुक्त भएका छन् ।



    एमाले सांसद तिलकुमार मेन्याङ्बो खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री बनेका छन् । एकराज कार्की भौतिक पूर्वाधार र पाँचकर्ण राई वन तथा वातारण मन्त्री बनेका छन् ।



    एमालेकी सचेतक सिर्जना राई समाजिक विकास राज्यमन्त्री बनाउने निर्णय भएको एमाले कोसी प्रदेश संसदीय दलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार