Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • रुसी सेनाको गोलाबारीमा परी युक्रेनमा दुई जनाको मृत्यु

    रुसी सेनाको गोलाबारीमा परी युक्रेनमा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, २७ बैशाख २०८१
  • 321
    SHARES

    एजेन्सी । युक्रेनको दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा परी दुई जनाको मृत्यु भएको छ । निकोपोलमा रुसी सेनाको गोलाबारीमा परी दुई युक्रेनी नागरिकको मृत्यु भएको हो ।

    बिहीबार राति रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये अधिकांश नष्ट गरेको युक्रेनले बताएको छ । सन् २०२२ को अन्त्यदेखि फ्रन्टलाइनमा परिणत भएको डेनिप्रो नदी पार गरेर तैनाथ रूसी सेनाबाट निकोपोल नियमित रूपमा आक्रमणको शिकार भएको थियो ।



    रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट ६२ वर्षीय पुरुष र ६५ वर्षीया महिलाको ज्यान लिएको क्षेत्रीय गभर्नर सेर्गी लिसाकले बताए। उनले आगो लागेको घर र धेरै क्षतिग्रस्त भवनहरूको फोटो सार्वजनिक गरेका छन् ।



    बिहीबार राति नै रुसले प्रहार गरेका २० वटा ड्रोनमध्ये युक्रेनको वायु रक्षा बलले दक्षिणी ओडेसा क्षेत्रमा १७ वटा नष्ट गरेको थियो ।

    एउटा ड्रोनले दक्षिणी माइकोलाइभ क्षेत्रको दुई तले भवनलाई क्षतिग्रस्त बनाएको आपतकालीन सेवाले टेलिग्राममा लेखेको छ । तर त्यहाँ कुनै हताहत भएको रेकर्ड गरिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार